Rule 11
सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्व
(१) निर्माण व्यवसायीले सम्पन्न गरेको
प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण त्यस्तो कार्य सम्पन्न गरेको प्रमाणपत्र प्राप्त गरेको
मितिले पैंतीस दिनभित्र अनुसूची–१४ बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु सम्बन्धित निर्माण
व्यवसायीको दायित्व हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित निर्माण व्यवसायीले
आफूले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको एक प्रति विवरण सम्बन्धित आयोजना वा
कार्यालयलाई समेत पठाउनु पर्नेछ ।
(३) समितिले उपनियम (१) बमोजिम प्राप्त विवरणको अभिलेख अनुसूची–१५ बमोजिम राख्नु
पर्नेछ ।